शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सातजना नेपाली दाजुभाइ हरु घर फिर्ता

बिहिबार, पुष ३ २०७६

जनउद्धार केन्द्रले विभिन्न समय र स्थानहरु बाट सात जना बन्दी जीवन बिताएका नेपालीहरुलाई स्वदेश फर्काउन सफल भएको छ । जुरु क्याम्प पेनाङ्ग बाट नवलपरासीका भिम बहादुर थापामगर, रामेछापका चक्र बहादुर तामाङ्ग, नुवाकोटका ठाकुर तामाङ्ग, र सप्तरिका कृष्ण सरदार गरि चारजना आज मलिण्डो एयरलाइन्स बाट आज मिति १९ डिसेम्बर २०१९ बेलुका ७.१० को उडान मा स्वदेश फर्केका हुन ।

यस्तैगरी सोही मिति मा जोहोरबारु को पकनानस क्याम्प बाट सिराहाका प्रमोद कुमार यादब पनि घर फर्केका छन । उनको घरफिर्ती प्रक्रिया देखि सम्पुर्ण लागत जनउद्धार केन्द्र को आर्थिक कोष बाट गरिएको छ । १३ डिसेम्बर को दिन जाजरकोटका गोकर्ण बहादुर परियार लाई एअरपोर्ट लोकाप बाट उद्धार गरि स्वदेश फर्काउन मद्दत गरिएको थियो भने, १८ डिसेम्बर को दिन सल्यान का नवीन परियार लाई ब्लान्तिक क्याम्प बाट उद्धार गरिएको थियो । उहाहरु अहिले सकुसल आफ्नो परिवारमा पुगेका छन ।

यस्ताे महान अभियान लाई सहयोग गर्ने नेपाली दूतावास मलेसिया, जनउद्धार केन्द्र परिवार, पिडितहरुका आफन्त र हाम्रा शुभचिन्तक हरुलाइ उनिहरूले हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार