आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

बुटवलमाथि चितवनको फराकिलो जित

बिहिबार, पुष ३ २०७६

काठमाडौं(जस)–नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत चितवन राइनोजले बुटवल ब्लाष्टर्समाथि फराकिलो जित हासिल गरेको छ । विहिबार सम्पन्न खेलमा चितवनले बुटवललाई ११९ रनले पराजित गरेको हो । चितवनले दिएको २०४ रनको लक्ष्य पछाएको बुटवलले १८.४ ओभरमा केवल ८४ रन बनाउदा अल आउट भएको थियो । बुटवलका लागि शिवम सिंहले सर्वा्धिक ३३ रन बनाएका थिए भने भीम सार्कीले २१ रन बनाएका थिए । त्यस्तै हरिबहादुर चौहानले १२ रन बनाएका थिए । बुटवलका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए । बुटवलका अफ्ताबुद्धीन अहमदले २, शंकर रानाले ५, हर्ष टंकले १, कप्तान सोमपाल कामीले ३, शेर मल्लले २, अविनाश बोहोरा शुन्य र विपिन कार्की १ रनमा आउट भएका थिए ।
चितवनका बलर करण केसीले स्सर्वा्धिक ४ विकेट लिएका थिए । करणले ३.४ ओभरमा ११ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै रोहन मुस्तफाले ३ ओभरमा ५ रन दिएर २ विकेट लिएका थिए । त्यसै गरि सन्नी पटेल, भुवन कार्की, बिक्रम सोब र बिक्रम भुसालले एक एक विकेट लिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर २०३ रन बनाएको थियो । चितवनका लागि कप्तान पारस खड्काले आक्रामक ६३ रन बनाएका थिए भने युएईका अलराउन्डर रोहन मुस्तफाले अविजित ७० रन बनाएका थिए ।

पारसले ४० बल खेल्दै ६ चौका र २ छक्का प्रहार गर्दै ६३ रन बनाएका थिए भने रोहनले ५६ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरेका थिए । चितवनका बाबर ह्यात १ रनमा आउट भएका थिए भने आरिफ सेखले १९ बलमा ४० रन बनाएका थिए । त्यस्तै बुटवलका लागि अफ्ताबुद्धीन अहमदले २ विकेट लिएका थिए भने अविनाश बोहोराले एक विकेट लिए । जारी पिपिएलमा चितवनको दोस्रो लगातार जित हो भने बुटवलले खेलेको दुई खेलमा एक जित र एक हार बेहोरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार