आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

मलेसियामा अवैधानिक बनेर जेल परेकी चन्द्रकला नेपाल फर्किइन, एनआरएनए मलेसियाका कार्कीको सहयोग

बिहिबार, पुष ३ २०७६

काठमाडैं (जस)–मलेसियामा अवैधानिक रहेको अवस्थामा पक्राउ परेपछि तीन महिनादेखि जेलमा रहेकी इलामकी चन्द्रकला गुरुङ बुधबार नेपाल फर्केकी छिन । बुधबार माद्यिदो एयरको बमिानबाट उनी नेपाल आइपुगेकी हुन् ।

मलेसियामा रहेका व्यवसायी तथा तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेशियाका सदस्य सन्तोष कार्कीको सहयोगमा उनी नेपाल फर्किएकी हुन । कार्कीले पीडित गुरुङको लागि एकतर्फी हवाइ टिकट प्रदान गरेका थिए ।

दुई बर्ष अधघ मलेसिया गएकी चन्द्रकला ३ महिनादेखि मलेसियाको बेलान्टिक क्याम्पमा रहेकि थिइन । घरमा आमा बुवा कोही नभएको र ३ जना १२, र १४ बर्षको बच्चा भएकी उनका श्रीमान ११ बर्ष देखि मलेसियामा नै हराइरहेका छन् । घरमा वृद्ध हजुरआमा मात्र भएकाले उनलाई नेपाल फर्किन हवाइ टिकटको अभावले उनी जेलमा थिइन ।

प्रतिक्रिया
सम्बन्धित समाचार