काठमाडौं (जस)– नेपाल परिवार दलको केन्द्रिय कार्यसमितिको बैठक सम्पन्न भएको छ । दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बुधबार बसेको बैठकले गत प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्बाचन २०७४ को शिलशिलामा तत्कालिन नेकपा एमाले र नेपाल परिवार दल बीच भएको तिन बुँदे सहमतिको कार्यन्वयनका लागि हालका नेकपा तथा सहमतिमा हस्ताक्षर कर्ता सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको गम्भीर ध्यानाकर्षण गराउनेलगायत विभिन्न निर्णयहरु गरेको छ ।
१, गत प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्बाचन २०७४ को शिलशिलामा तत्कालिन नेकपा एमाले र नेपाल परिवार दल बीच भयको तिन बुदे सहमतिको कार्यन्वयन गर्नको लागि हालको नेकपा तथा सहमतिमा हस्ताक्षर कर्ता सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली ज्यू को गम्भीर ध्यानाकर्षण गराउने ।
२, समान दृष्टिकोण, मुद्धा तथा लक्ष्य भयका विभिन्न राजनैतिक दलहरु, स्वतन्त्र व्यक्तित्व तथा समूह लगायत संग बार्ता गरि सहकार्य, एकीकरण वा पार्टीमा प्रवेश गराऊन निम्नानुसारको बार्ता समिति गठन गर्ने :
राजनैतिक बार्ता समिति : महामन्त्री श्री बिनोद डाँगी (संयोजक), सदस्यहरु : श्री रुपसिंह भण्डारी, श्री गणेश कुमार श्रेष्ठ, श्री रामचन्द्र चौधरी, श्री बिजय राज कट्टेल
सामाजिक बार्ता समिति : पूर्व सांसद श्री मिलन कुमारी राजबंशी (संयोजक), सदस्यहरु: श्री लक्ष्मी प्रसाद भण्डारी, श्री राजेश कुमार बिष्ट
३, कालापानी, लिपुलेख र लिम्पियाधुराको नेपालको भूभाग समाबेश गरि नेपालको नक्शा प्रकाशन गर्न तथा नेपाली भूमिको पुर्णरुपमा संरक्षण गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने ।
४, बिदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले पनि सोहि देशबाट मतदान गर्न पाउने व्यवस्था मिलाउन निर्बाचन आयोग तथा नेपाल सरकार संग आग्रह गर्ने ।साथै राष्ट्रसेवक कर्मचारीहरुले पनि निर्बाचनको शिलशिलामा आँफु काजमा खटियको स्थान बाटनै समानुपातिक तर्फको मतदान गर्न पाउने व्यवस्था मिलाउन सरकार संग माग गर्ने,
५, राष्ट्र ब्यापी रुपमा पार्टीको प्रशिक्षण, सदस्यता वितरण तथा संगठन विस्तार गर्न दलको सबै तह र तप्का क्रियाशील रहने। प्रशिक्षणको लागि केन्द्रिय सदस्यहरु श्री रुपसिंह भण्डारी, श्री लक्ष्मी प्रसाद भण्डारी, श्री अशोक कुमार चौधरी लाइ खटाउने ।
६, चिसो मौसमका कारण पिडित नागरिकहरुलाई आबश्यक सहयोग गरि जाडोबाट सुरक्षित हुने ब्यबस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउने।
७, पछिल्लो समयमा मुलुकको विभिन्न क्षेत्रमा भयको सबारी दुर्घटनामा परि ज्यान गुमयाका नागरिकहरु प्रति समबेदना ब्यक्त गर्दै घाइते हरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्ने । साथै सबारी दुर्घटना हुन वाट रोक्न आबस्यक प्रबन्ध मिलाउन पनि सरकारलाई आग्रह गर्ने ।
८, राष्ट्रियताको संरक्षण, संविधानको कार्यन्वयन, शान्तिसुरक्षा, जनजीविका, शुशाशन तथा समाबेशी बिकासको लागि युद्ध स्तरमा काम गर्न सरकारको ध्यानाकर्षण गराउने तथा सहयोग गर्ने ।