आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

कतारको राष्ट्रिय दिवस भव्यताका साथ मनाइयो, नेपालीसहित विश्व समुदायको सहभागिता (फोटो र भिडियो )

बिहिबार, पुष ३ २०७६

कतार (जस)–कतारको राष्ट्रिय दिवस भव्यताका साथ सम्पन्न भएको छ । बुधबार बिहान ९ : ३० बजे कर्नेशमा सैन्य परेड भएको थियो भने कतारका सम्माननिय अमीर शेख तमीम बिन हमद अल थानी, बुवा अमीर शेख हमद बिन खलिफा अल थानी उच्च पदस्त अधिकारी सेना प्रमुख सुरक्षा निकायका प्रमुख अङ्ग मन्त्री गण विभिन्न कुटनैतिक नियोगका प्रमुख तथा कतारमा रहेका अधिकान्स समुदायका हज्जारौं हजार नागरिक सो परेड हेर्न र सैन्य गतिविधि हेर्न उपस्थित भएका थिए ।

https://www.facebook.com/thepeninsulaqatar/videos/592729977937589/

बिगतका वर्ष भन्दा छुट्टै प्रकारले ब्यवस्थित गरिएको र पुरै देशलाइ सजाइएको थियो । सैन्य जहाजमार्फत अमीरको जुनाफमा सलामी अर्पण गरिएको थियो ।

https://www.facebook.com/thepeninsulaqatar/videos/394558267966872/

कतारका विभिन्न शहर र विभिन्न स्थानमा कतारमा रहेका विभिन्न समुदायका निम्ति विभिन्न सास्कृतिक कार्यक्रम एवं जनचेतना मुलक कार्यक्रम आयोजना गरिएको थियो । विभिन्न स्थानमा वर्षाका कारण कार्यक्रम स्थगित समेत हुन पुगे पनि आप्रवासीहरु बडो उत्साहित थिए । गैर आवासीय नेपाली संघले नेपाली समुदायको तर्फबाट परेडमा सहभागी भएका थिए ।

https://www.facebook.com/QatarTelevision/videos/1000296020330744/

अमीर आफ्नो गाडी बाट ओर्लेर स साना बालबालिका सङ्ग भेट र भालाकुसारी गरेका थिए भने यो रोमाञ्चक दृश्य हजारौंले अवलोकन गरेका थिए । ८ बजे बेलुका कर्नेशमा व्यापक आतिशबाजी गरिएको थियो । जस लाई हजारौंले अवलोकन गरेका थिए ।

https://www.facebook.com/shukur.ali.7/videos/2915794975111363/

प्रतिक्रिया
सम्बन्धित समाचार