शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सानिमा बैंकले घर बनाउन चाहनेलाई शतप्रतिशतसम्म ऋण दिने

बुधबार, पुष २ २०७६

काठमाडौै(जस)–सानिमा बैंकले आफ्नै घर बनाउन वा खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै ‘सानिमा प्रथम घर कर्जा’ को विशेष कर्जा सुविधा योजना ल्याएको छ । यो सुविधा अन्तर्गत आवासीय घर बनाउन लाग्ने निर्माण खर्चको अधिकतम १०० प्रतिशतसम्म बैंकले कर्जा उपलब्ध गराउने छ ।
यस योजना अन्र्तगत ऋणीका लागि अधिकतम लगानी, अधिकतम कर्जा अवधि, सुलभ ब्याजदर तथा कर्जा सेवा शुल्कमा भारी छुट जस्तो आकर्षक सुविधा प्रदान गर्ने छ । साथै, ऋणीलाई बजारमा हुने उतार चढावबाट सुरक्षित गर्न ‘सानिमा प्रथम घर कर्जा’ अन्तर्गत कर्जा प्रवाह गर्दा निर्धा्रित ब्याजदर कर्जा अवधिको सुरुवाती समयको लागि यथावत् राखिने छ ।
आवासीय घर निर्माण वा खरिद गर्न चाहने सबैले ‘सानिमा प्रथम घर कर्जा’ को आकर्षक फाइदाहरु तथा सानिमा बैंकको अन्य सरल कर्जा सुविधाको लाभ लिन सक्नेछन् । यो कर्जा लिन इच्छुकले सानिमा बैंकको जुनसुकै शाखाहरुबाट लिन सक्नेछन् । सानिमा बैंकले हाल ७९ वटा शाखाहरु, १ एक्सटेन्सन काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार