शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

रोहितको कीर्तिमानी शतकसँगै वेस्टइन्डिजले पायो ३८८ रनको लक्ष्य

बुधबार, पुष २ २०७६

काठमाडौं(जस)–भारतले दोस्रो एकदिवसीय खेलमा वेस्टइन्डिजलाई ३ सय ८८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ४ विकेट गुमाउदै ३ सय ८७ रन बनाएको हो । भारतका लागि रोहित शर्माले आफ्नो क्यारियरको २८औ शतक बनाउदै १५९ रनको उत्कृष्ट पारी खेलेका थिए । रोहितले पहिलो विकेटका लागि केएल राहुलसँग २ सय २७ रनको साझेदारी गरेका थिए । रोहितले १३८ बल खेल्दै १७ चौका ५ छक्का प्रहार गरेका थिए ।
योसँगै रोहित एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै शतक बनाउने खेलाडीको सुचिमा श्रीलंकाका सनथ जयसूर्याको २८ शतकको बराबरी गर्दै चौथो स्थानमा उक्लिएका छन् । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सचिन तेन्दुलकरले ४९ शतक बनाएका छन् भने विराट कोहलीले ४३ र रिक्की पोन्टिङले ३० शतक बनाएका छन् ।
त्यस्तै अर्का ओपनर केएल राहुलले पनि शतकीय पारी खेलेका थिए । राहुल १०४ बलमा १०२ रन बनाएर आउट भएका थिए । त्यस्तै श्रेयस अय्यरले ३२ बलमा ५३ रन बनाएका थिए भने रिषव पन्तले आक्रामक १६ बलमा ३९ रन बनाएका थिए । त्यस्तै कप्तान विराट कोहली गोल्डेन डकमा आउट भएका थिए । त्यस्तै केदार जादवले अविजित १६ रन बनाएका थिए । त्यस्तै वेस्टइन्डिजका बलर शेल्डन कोट्रेलले २ विकेट लिए भने किमो पाउल, अल्जारी जोसेप र केरन पोलार्डले एक एक विकेट लिएका थिए । तीन खेलको सिरिजमा वेस्टइन्डिजले पहिलो खेल जित्दै सिरिजमा १(० ले अग्रता लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार