मस्कट, ओमान (जस), नेपाल सरकारले आयोजना गरेको भ्रमण बर्ष लाई लक्षित गरेर ओमान बाट पर्यटक नेपाल भित्र्याउने बारे ओमान र नेपालका ट्राभल एन्ड टुसिजम कम्पनीबिच सहमती गरी सरोकारवालाहरूले ब्यवासायिक प्रचार प्रसार सुरु गरी सकेको छ । ओमान स्थित अल हशर टुरीजम एण्ड ट्राभल्स एलएलसी र नेपालका फेथ मी ट्राभल्स एण्ड टुर्स कम्पनीबिच आपसि सम्झौता भएको हो । सस्तो मुल्यमा पर्यटकले चाहे अनुसारको सेवा सुबिधा सहित पर्यटक भित्राउन लागि परेको ब्यवस्थापकहरू ले जानकारी दिएका छन । उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्ने पहल एनआरएन सोसल क्लबले २०१८ देखि नै सुरु गरेको भए पनि बल्ल सफल भएकोले यस कदमले नेपालको पर्यटन प्रवद्दनमा विशेष टेवा पुग्ने अनुमान गरिएको छ । ओमानबाट पर्यटक भित्र्याउने कार्य का लागि यस प्रकारको सहमती पहिलो नै हो । भ्रमण बर्ष र इस्बि सम्बतको नयाँ साल द्दण्द्दण् लाई लक्षित गरेर अफर सहितको प्रचार गर्न लागिएको ब्यवस्थापन पक्षले जनाएको छ । अल हशर टुरिजम कम्पनिको ओमानमा १७ ओटा शाखा रहेको र सबैशाखाहरुमा हरेक दिन नेपाल बारे भिडियो प्रशारण गर्ने योजना अनुसार ओमान स्थित कम्पनीले भिडियो क्लिपहरु मागेको छ र फेथ मी ट्राभल्सले चाडै नै सो प्रकारको भिडियो उपलब्ध गराइ दिने वचन दिएको जानकारी आएको छ ।
फेथ मी ट्राभल्सका प्रबन्धक सुबाश श्रेष्ठका अनुसार भ्रमण बर्षको पहिलो हप्ता जनवरी १ मा नेपाल आउने पर्यटकका लागि ओमानी रियाल जम्मा उनान्सय रियाल (ओ.रि. ९९) अफर मुल्यमा लैजाने सहमती भएको छ । नेपाल सरकारले आयोजना गरेको भ्रमण बर्ष २०२० को लागि नेपाल स्थित ट्राभल कम्पनी हरुले आ-आफ्नै तर्फबाट यसरी पहल गरे सोचे जस्तो सफलता पाउने कुरामा शंका उत्पन्न हुँदैन । यसरी नै सबै देशमा भएका एनआरएन या अन्य संस्थाहरुले मध्यस्थता गरेर व्यापार सम्झौता गराइदिए अनि नेपालका व्यापारीहरु पनि पर्यटक भित्र्याउन लाई यस प्रकारका सम्झौता गर्न पहल गरे अवश्य पनि भ्रमण बर्ष २०२० सफल बनाउन सकिन्छ ।