काठमाडौँ / राष्ट्रिय संगीतकर्मी संघले २०७६ मङ्सिर २८ गते शनिबारको दिन काठमाडाैँमा बनभोज तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।राजधानीको बाइसधारामा संघले आयोजना गरेको बनभोज कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।
संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीको सभापतित्व तथा संघका महा सचिव विक्रम जंग शाहद्वारा विभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरिनुको साथै मन्त्री मानन्धरले कार्यक्रमको सम्बोधनका क्रममा गीतसमेत गाएका थिए । संघले आयोजना गरिएको बनभोज कार्यक्रममा बालाजुवृत्तका डिएसपी बालनरसिंह राणालाई सम्मानसमेत गरेको संघका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रकाश कटुवालले जानकारी गराएका छन् ।




