रियो द जेनेरियो । ब्राजीलमा आइतवार एक पार्क गरेर राखेको गाडीमा सात जना पुरुषको शव भेटिएको छ । सैन्य प्रहरीको अनुसार दक्षिणी रियो डि जेनेरोमा अंगरा डोज रीस नगरमा स्थानीय अग्नि नियन्त्रण विभाग बाहिर पार्क गरेको गाडीमा लाश भएको बताएको छ ।
\
यस घटनाको अनुसन्धान भइरहेको र प्रशासन क्षेत्रमा मादक पदार्थको तस्करीसँग सम्बन्धित अपराध भएको प्रहरीले बताएको छ । हत्या कसले र किन गरेको भन्ने तथ्य भने बाहिर आएको छैन । उक्त क्षेत्रमा मादक पदार्थ तस्करीविरुद्ध अभियानको क्रममा सैन्य प्रहरीको स्पेशल टास्क फोर्सले त्यस सवारी साधनमा सातवटा लाश भेटेको जानकारी दिएको छ ।
यस अभियानको क्रममा दुइवटा हतियार र दुई ग्रेनेड पनि बरामद भएको प्रहरीले जनाएको छ । शनिवार दुई अपराधिक गिरोहको बीच झडप भएपछि प्रहरीले उक्त अभियान चलाएको हो । योभन्दा पहिला एक नोभेम्बरमा अंगरा डोस रीस मा सैन्य प्रहरीद्वारा एउटा अभियानमा आठ जनाको मृत्यु भएको थियो ।