शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

रोनाल्डोको दुई गोलमा युभेन्टस विजयी

सोमबार, मंसिर ३० २०७६

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टस विजयी भएको छ । आइतबार सम्पन्न खेलमा युभेन्टसले उडीनेसलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका थिए भने लियोनार्दो बोनुसीले एक गोल गरेका थिए । त्यस्तै उडीनेसका लागि एक गोल इग्नासियो पुसेटोले गरेका थिए ।

रोनाल्डोले खेलको ९ र २७औ मिनेटमा गोल गरेका थिए भने बोनुचीले खेलको ४५औ मिनेटमा गोल गरेका थिए । उडीनेसले खेलको अन्तिम मिनेटमा गोल गरेका थिए ।

य जितपछि युभेन्टस १६ खेलमा ३९ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको इन्टर मिलान १५ खेलमा ३८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

उडीनेसको भने १६ खेलमा १५ अंक छ भने लिगको १७औ स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार