आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

पीपीएल क्रिकेट : आज विराटनगर र धनगढी तथा वुटवल र काठमाडौं भिड्दै

सोमबार, मंसिर ३० २०७६

पोखरा / दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा आज सोमबार दुई खेल हुँदैछ ।

पहिलो खेलमा विराटनगर टाईटन्स र धनगढी ब्लुज तथा दोस्रो खेलमा काठमाडौं गोल्डेन र बुटवल ब्लास्टर्सबीच प्रतिस्पर्धा हुनेछ ।

पोखरा रंगशालामा हुने पहिलो खेल विराटनगर र धनगढीबीच बिहान ९ बजे प्रतिस्पर्धा हुनेछ ।

बिराटनगर प्रदिप ऐरीको कप्तानीमा रहेको छ भने धनगढीको नेतृत्व राष्ट्रिय टिमका उपकप्तान समेत रहेका दिपेन्द्र सिंह ऐरीले गर्नेछन् ।

दुवै टिमले जित निकाल्दै प्रतियोगिता सुरु गर्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।

यस्तै, दिउँसो पौने १ बजे हुने दोस्रो खेलमा बुटवलले काठमाडौंसँग प्रतिस्पर्धा गर्दैछ । ज्ञानेन्द्र मल्लको काठमाडौंले पहिलो जितको खोजिमा हुने छ भने सोमपाल कामीको कप्तानीमा रहेको बुटवलले जितका साथ प्रतियोगिता सुरु गर्ने लक्ष्यमा हुने छ ।

उद्घाटन खेलमा घरेलु टोली पोखरा पल्टनसँग काठमाडौं ९ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार