शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

बेन्जमाको गोलमा हारबाट बच्यो रियल म्याड्रिड

सोमबार, मंसिर ३० २०७६

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड भलेन्सियासँग बराबरीमा रोकिएको हो ।

रियल म्याड्रिडलाई करिम बेन्जामाले हारबाट बचाएका हुन् । बेन्जामाले खेलको अन्तिम मिनेटको इन्जुरी समयमा गोल गर्दै रियललाई बराबरी गरेका हुन् ।

यस अघि भलेन्सियाका लागि कार्लोस सोलेरले खेलको ७८औ मिनेटमा गोल गर्दै रियलमाथि भलेन्सियाले शुरुवाती अग्रता लिएको थियो ।

योसँगै रियल म्याड्रिडले ला लिगामा शिर्ष स्थानमा पुग्ने अवसर भने गुमाएको छ । रियल १६ खेलमा ३५ अंकसहित बार्सिलोनासँग बराबरी गरेर गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भलेन्सियाको भने १७ खेलमा २७ अंकसहित आठौ स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार