शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

पाकिस्तान र श्रीलंकावीचको टेस्ट ड्र

आइतबार, मंसिर २९ २०७६

काठमाडौं(एजेन्सी)–पाकिस्तान र श्रीलंकावीचको टेस्ट बराबरीमा सकिएको छ । बर्षाले प्रभावित यस टेस्टमा दुवै टिमले एक एक इनिंग मात्र ब्याटिंग गरेका छन् । श्रीलंकाले पहिलो इनिंगमा ६ विकेट गुमाएर ३०८ रन बनाउदा इनिंग घोषणा गरेको थियो । जसमा धनन्जय डि सिल्भाले १०२ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै कप्तान डिमुथ करुनारत्नेले ५९ रन बनाएका थिए ।
त्यस्तै निरोशन डिकवेलले ३३ रन बनाएका थिए । त्यस्तै जवाफी ब्याटिंग गरेको पाकिस्तानले खेलको पाँचौ दिन २ विकेट गुमाएर २५२ रन बनाएको छ । पाकिस्तानका लागि अबिद अलीले १०९ रन बनाए भने बबर आजमले १०२ रन बनाए । त्यस्तै कप्तान अजहर अलीले ३६ रन बनाए ।
यसरी लामो समयपछि पाकिस्तानमा शुरु भएको टेस्ट क्रिकेटमा वर्षाले अवरोध खडा गरेपनि खेल बराबरीमा सकिएको छ । खेलको प्लेयर अफ द म्याच शतकीय पारी खेलेका पाकिस्तानका अबिद अली बनेका छन् । त्यस्तै २ खेलको सिरिजको दोस्रो खेल डिसेम्बर १९ देखि शुरु हुदै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार