शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एनआरएनए कतारको १७ औं स्थापना दिवस सम्पन्न, मध्यपुर्बबाट आईसिसि निर्बाचितलाई सम्मान

शनिबार, मंसिर २८ २०७६

कतार, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको १७ औं स्थापना दिवस तथा सम्मान कार्यक्रम शुक्रबार एक भब्य कार्यक्रमका बीच सम्पन्न भएको छ । एनसिसी कतारले आफ्नो स्थापना दिवस कतारको दोहामा एक कार्यक्रमका बिच भब्य रूपमा सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै कतारका लागि नेपाली राजदुत महामहिम डा. नारद नाथ भारद्वाजले कतारमा नेपालीबाट नेपाली ठगिने क्रम बढेको प्रती दूतावास गम्भीर भएको बताए । उनले व्यवसायको नाममा नेपालीबाट नेपालीनै ठगिनु दुःखद् रहेको भन्दै ब्यबसाय गर्दा मानविय धर्म नभुली श्रमबजारलाई स्वस्थ्य र सम्मानित बनाउन आग्रह गरे । उनले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनु बिदेशमा रहेका सम्पुर्ण नेपालीको दायित्व रहेको भन्दै कतारबाट पनि अधिकतम पर्यटक नेपाल पठाउने पहल गर्न गैर आवासीय नेपाली संघ लगाएत सबैलाई आग्रह गरे । कतारका युवा पुस्ता साहशिक पर्यटनको लागि विभिन्न मुलुकमा जाने गरेको भन्दै राजदुत भारद्वाजले उनिहरुलाई नेपाल पठाउन सके ठूलो उपलब्धि हुने बताएका छन । परिवार सहित कतारमा रहेका नेपाली बिद्यार्थीहरुलाई लक्षित गरि नेपाली बिद्यालय संचालनको लागि पहल भैरहेको भन्दै उनले नेपाल सरकारको शिक्षा मन्त्रालय मार्फत कतार सरकार संग कुराकानी अगाडि बढेको बताए ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित आइसिसी सचिव राजेन्द्र कुमार शर्माले सम्मानको लागी धन्यवाद व्यक्त गर्दै सम्मानले थप जिम्मेवारी बढेको बताए । आफू बिगत देखि नै मध्य पुर्वमा कार्यरत नेपालीको हकहितमा लागेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिने शर्माले बताए ।

कार्यक्रममा एनआरएनए आइसिसी पुर्व उपाध्यक्ष एवं एनसीसी कतारका संस्थापक सागर नेपाल,आइसिसी सल्लाहकार टिबि कार्की, आइसिसि पुर्व संरक्षक एवं संस्थापक उपाध्यक्ष देवकाजी डङ्गोल,एनआरएनए आइसिसी सचिब राजेन्द्र कुमार शर्मा(आर.के), मध्यपुर्व संयोजक प्रविन गुरुङ, मध्य पुर्व सह–संयोजक राजेन्द्र अर्याल(जोन), एनआरएनए मध्यपुर्व युवा संयोजक राज रेग्मी, निवर्तमान आइसिसी मानार्थ सदस्य राजु सैयद, निवर्तमान आइसिसी सदस्य बिमल सुवेदी, प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोख्रेल, एनसिसि पुर्व अध्यक्ष बिनेश तामाङ,नेपाली जनसम्पर्क समितीका कार्यबाहक सभापति शंकर न्यौपाने, नेपाल पत्रकार महासंघ कतार शाखा अध्यक्ष करिम बक्स मिया, नेपाली मुस्लिम समाजका युवा संयोजक मोहम्मद सद्दाम हुसेन अन्तर्रा्ष्ट्रिय मुस्लिम समाजका सल्लाहकार अजिज अलि, प्रदेश नम्बर १ समन्वय परिषदका अध्यक्ष चुडामणि कार्की, प्रदेश ३ समन्वय परिषदका अध्यक्ष समीर केसी, प्रदेश ५ समन्वय परिषदका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार परियार, जिल्ला संस्थाको तर्फबाट स्याङ्जा सहयोग समाजका अध्यक्ष अजमद अलि लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्दै एनसीसी कतारले नेपाल र नेपालीको लागि अझै धेरै गर्न बाकि रहेको बताएका थिए ।

सो अवसरमा नवनिर्वाचित एनआरएनए आइसिसी सचिव राजेन्द्र कुमार शर्मा, आइसिसी सल्लाहकारमा मनोनीत हुनुभएका टिबि कार्की, नवनिर्वाचित मध्यपुर्व संयोजक प्रविन गुरुङ, मध्य पुर्व सह–संयोजक राजेन्द्र अर्याल (जोन), एनआरएनए मध्यपुर्व युवा संयोजक राज रेग्मी तथा आइसिसी सदस्यहरु रमेश भट्ट, होमनाथ शर्मा, युवराज शर्मा, केवि हमाललाई सम्मानित गरिएको थियो । कार्यक्रममा गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको अध्यक्षता, प्रथम उपाध्यक्ष उत्तम गुरुङको स्वागत र महासचिव पदम गिरिको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रम बेस्ट वेस्ट्रेन होटलमा सम्पन्न भएको थियो भने उल्लेख्य रुपमा गैरआवासिय नेपालीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार