शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

कृषि विकास बैंकले शेयरधनीलाई ३० प्रतिशत लाभांस दिने

बुधबार, मंसिर २५ २०७६

काठमाडौं(जस)–सरकारी स्वामित्वको कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई ३० प्रतिशत लाभांस दिने भएको छ । आर्थिक वर्ष २०७५(७६ को मुनाफाबाट बैंकले छ प्रतिशत शेयर लाभांस र २४ प्रतिशत नगद लाभांस दिने भएको हो । वितरणयोग्य मुनाफाबाट उक्त लाभाङ्श वितरण गर्ने प्रस्ताव गरिएको बैंकले जनाएका छ । नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएकाले उक्त लाभाङ्श वितरण गरिनेछ । सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा वार्षिक छ प्रतिशतले हुने नगद लाभांस रकमसमेत प्रदान गर्ने निर्णय भएको बैंकका कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार