\
काठमाडौं । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीलाई नगद प्याकेजको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सागमा पदक विजेता खेलाडीहरुलाई शुभकामना र बधाई दिदै प्याकेजको घोषणा गरेका हुन् ।
adadad
सरकारले स्वर्ण पदक विजेतालाई जनही ९ लाख, रजत पदक जित्नेलाई ६ लाख र काश्य पदक जित्नेलाई ३ लाख दिने घोषणा गरेको छ ।
मंगलबार सम्पन्न बह्येको सागमा आयोजक नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ काश्य पदक गरी कुल २०६ पदक जितेको थियो ।
सागको इतिहासमा नेपालले अहिलेसम्म कै सर्वाधिक पदक जितेको हो ।