आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सागमा पदक जित्ने खेलाडीको सम्मानमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने, प्रोत्साहन प्याकेजको घोषणा हुने

बुधबार, मंसिर २५ २०७६

काठमाडौं (जस)– प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडीलाई सम्बोधन गर्दै हुनुहुन्छ ।

उहाँले दिउँसो सवा २ बजे विजेता खेलाडीलाई बधाइ दिन तथा सम्बोधनका लागि बालुवाटार आमन्त्रण गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीको सम्मानमा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो । उहाँले बुधबार नै खेलाडीलाई प्रोत्साहन प्याकेजको घोषणा गर्नुहुनेछ ।

१३ औं सागमा नेपालले ५१ स्वर्ण जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओलीले हिजो साग समापन समारोहलाई भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै सबैलाई धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार