शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

सागको सफलताले खुशी छु : पुर्वराजा ज्ञानेन्द्र

बुधबार, मंसिर २५ २०७६

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले हासिल गरेको सफलताले आफू खुसी भएको बताएका छन् ।

दशरथ रंगशालामा १३ औं सागको औपचारिक समापन समारोह भइरहँदा एक सन्देश जारी गर्दै पूर्वाराजाले भनेका छन् ‘नेपालले खेल क्षेत्रमा गर्दै आएको विकासप्रति मेरो हार्दिक शुभकामना छ। यसपालीको सागमा नेपालले हासिल गरेको उत्कृष्ट परिणाममा मलाई अत्यन्त खुसी लागेको छ।’

उनले उपलव्धिका लागि समस्त सहभागी खेलाडीलाई बधाई दिएका छन्। ‘आगामी दिनमा पनि खेलकुद क्षेत्रमा अझ बढी उपलब्धि हासिल भई रहोस् भन्ने भेरो कामना रहेको छ,’ उनले भनेका छन्, साथै १३ औं साग प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक एवं व्यवस्थापक सबैप्रति पनि म धन्यवाद व्यक्त गर्न चाहन्छु।’

प्रतिक्रिया
सम्बन्धित समाचार