आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

१० खेलपछि आर्सनलको जित

मंगलबार, मंसिर २४ २०७६

काठमाडौं (एजेन्सी)– लन्डन क्लब आर्सनलले १० खेलपछि जितको स्वाद चाखेको छ । प्रिमियर लिग अन्तरगत सोमबार राति भएको खेलमा पेस्ट ह्यामलाई ३–१ ले पराजित गर्दै १०औं खेलमा जितको स्वाद चाखेको हो । २५ अक्टोवरमा युरोपा लिगमा पोर्चुगिज क्लब भिक्टोरिया डि गुइमारेसमाथि ३–२ को संघर्षपुर्ण जित निकालेयता आर्सनलले जित निकाल्न सकेको थिएन । यसक्रममा आर्सनलले ६ बराबरी र ३ हारको नजिता निकालेको थियो ।
लन्डन स्टेडियममा सोमबार राति भएको खेलमा आर्सनललाई जिताउन ग्याब्रियल मार्टिनेली, निकोलस पेपे र पिएरे इमरिक औवामियाङले गोल गरे । घरेलु टोलीका एंगलो ओग्वोनाले गरेको गोल सान्त्वना बन्यो । ३८औं मिनेटमा एंगलोको गोलबाट घरेलु टोलीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।
पहिलो हाफमा १–० ले पछि परेको आर्सनलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै ९ मिनेटको अन्तरमा ३ गोल गर्दै जित निकाल्न सफल भयो । ६०औं मिनेटमा मार्टिनेलीले बराबरी गोल फर्काए । ६६औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई खेलमा २–१ को अग्रता दिलाए । ६९औं मिनेटमा औवामियाङले गोल गर्दै आर्सनललाई ३–१ को जित दिलाए । जितसँगै आर्सनल २२ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित वेस्टह्याम १६ अंक जोडेर १६औं स्थानमा छ।

प्रतिक्रिया
सम्बन्धित समाचार