काठमाडौँ(जस)–अमेरिकाको ‘वल्र्ड कन्फडेरेशन अफ बिजिनेस’ नामक संस्थाले ‘नर्भिक इन्टरनेशनल हस्पिटललाई सफलताको शिखर’ नामक अवार्ड प्रदान गरेको जनाइएको छ ।
नर्भिक इन्टरनेशनल हस्पिटलद्वारा सोमबार प्रकाशित एक विज्ञप्तिमा मलेसियाको क्वालालम्पुरमा आयोजित अन्तर्राष्ट्रिय समारोहमा सो अवार्ड दिइएको हो । मलेशियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले उपरोक्त सम्मान नर्भिकका पदाधिकारीलाई हस्तान्तरण गरेका थिए । सन् २००४ मा अमेरिकाको टेक्सासमा स्थापित दी वल्र्ड क्लबको मुख्य उद्देश्य व्यवसाय प्रबद्र्धन, पहिचान, एवम् अगुवा व्यवसायलाई अभिवृद्धिमा सहयोग पु¥याउनु रहेको छ । विश्वका १३० भन्दा बढी मुलुकमा दी वल्र्डक्लबका तीन हजारभन्दा बढी सदस्य छन् ।