शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

१३औं सागको औपचारिक समापन आज हुँदैं, प्रधानमन्त्रीले पदक विजेता खेलाडीलाई प्रोत्साहन प्याकेजको घोषणा गर्ने

फुटबलको स्वर्ण पदकका लागि आज नेपाल र भुटान भिड्ने

मंगलबार, मंसिर २४ २०७६

काठमाडौं(जस)–१३औं दक्षिण एसियाली खेलकुद (साग)को औपचारिक समापन आज हुँदैछ । डिसेम्बर १ तारिखदेखि औपचारिक रुपमा काठमाडौ, पोखरा र जनकपुरमा आयोजना भएको सागमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटान र बंगलादेशले सहभागिता जनाए । प्रतियोगितामा १९८४ देखि सुरु भएको सागकै इतिहासमा सर्वाधिक २६ खेलका २८ इभेन्ट समावेश गरिए । उद्घााटन जस्तै समापन समारोह पनि भव्य गर्ने तयारी राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । मंगलबार हुने समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्नेछन । प्रधानमन्त्री ओलीलेसमापन समारोहलाई भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्नेछन । अस्वस्थताका कारण उद्घाटन समारोहमा उपस्थित हुन नसकेका प्रधानमन्त्री स्वस्थ भएर सरकारी निवास फर्किसकेका छन् । । तर, उनी रंगशालामा भने उपस्थित नहुने राखेपले जनाएको छ । उनले ‘भिडियो कन्फ्रेन्स’ मार्फत सम्बोधन गर्ने राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिए ।
सोमबार साँझ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले पत्रकार सम्मेलन गर्दै स्वास्थ्यको कारण समापन कार्यक्रम उपस्थित हुन नसकेका प्रधानमन्त्रीले खेलाडीहरुलाई समेटेर बुधबार विशेष सम्बोधन गर्नु हुने बताएका हुन् । प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा पदक विजेता खेलाडीहरुलाई प्रोत्साहन प्याकेजको घोषणासमेत गर्ने सदस्य सचिव सिलवालले जानकारी दिए । समापन समारोहलाई सरकारका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका साथै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य सचिव सिलवालले पनि सम्बोधन गर्ने छन् ।
समापन समारोहमा १४औं सागको आयोजना गर्नका लागि पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिने छ । १४औं साग पाकिस्तान गर्ने निर्णय भइसकेको छ । पाकिस्तानले २ वर्ष्भित्र प्रतियोगिता आयोजना गर्ने गरी झण्डा लिन लागेको हो । उद्घाटनमा जसरी नै समापन समारोहमा पनि झण्डासहित मार्चपास हुने छ । मार्चपासपछि आतिसबाजीसहित प्रतियोगिता सम्पन्न हुने छ ।
फुटबलको स्वर्ण पदकका लागि आज नेपाल र भुटान भिड्ने
समापनका अवसरमा मंगलबार पुरुष फुटबलको स्वर्ण पदकका लागि भिडन्त हुने छ । दिउँसो ३ बजे नेपाल र भुटानले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छ । फुटबल सकिएपछि समापनको समारोह सुरु हुने छ । यसैगरी मध्यान्ह १२ बजे सांसद ११ र कर्मचारी ११ बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता पनि गर्ने तयारी गरिएको छ । समापनका दिन कार्यक्रम स्थलका प्यारापिटलाई विभिन्न श्रेणीमा वर्गीकरण गरी व्यवस्थित गरिनेछ । त्यहाँ भीभीआईपी, भीआईपी, पत्रकार, पदक विजेता खेलाडी, विदेशी, कर्मचारीलगायतलाई भिन्दाभिन्दै क्षेत्र बनाएर बस्ने व्यवस्था हुनेछ । समापनकै दिन फुटबल प्रतियोगिताको फाइनल भएकाले फुटबल हेर्नका लागि दुई हजार र एक हजार रुपैयाँ दरका टिकटको व्यवस्था गरिएको छ । तिनै टिकटले समापन समारोहमा पनि सहभागी हुन सकिनेछ । उत्तरतर्फ १२ हजार जना अट्ने प्यारापिटका लागि ८ हजार टिकट मात्र बिक्री गरिएको छ । ती टिकटहरु बिक्री भैसकेका छन् । समापनका दिन सुरक्षा र पासमा पनि कडाइ गरिनेछ । अत्यावश्यक बाहेक यसदिन पास निकै कम प्रयोग हुनेछन् । सञ्चारकर्मीहरुले यसअघि प्रयोग गरिरहेका खेल प्रवेश परिचपयपत्रसँगै आ–आफ्ना सञ्चारमाध्ययमका परिचय पत्र पनि बोक्नुपर्ने व्यवस्था गरिएको छ । सम्बन्धित व्यक्तिलाई तोकिएको सिटमा अरु कोही बस्न पाउने छैन । समापनको संघारमा आइपुग्दा नेपाल ऐतिहासिक ४९ स्वर्ण पदकसहित तालिकाको दोस्रो स्थानमा छ ।

नेपाल दोस्रो स्थानमा कायमै
काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपालको ४९ स्वर्ण पदकसहित दास्रो स्थानमा कायमै रहेको छ । नेपालले सोमबारका खेल सकिँदासम्म ५१ रजत तथा ८३ कास्यसहित कूल १८३ पदक जितेको छ । भारत पदक तालिकाको शीर्षस्थानमै रहेको छ । भारतले १४३ स्वर्ण, ८३ रजत र ४३ कास्यसहित कूल २६९ पदक जितेको छ ।
श्रीलङ्का ३६ स्वर्ण, ७६ रजत र १०७ कास्यसहित तेस्रो, पाकिस्तान ३० स्वर्ण, ३३ रजत र ४९ कास्यसहित चौथो, बङ्गलादेश १९ स्वर्ण, ३० रजत र ७५ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र तीन कास्य जित्दै छटौँ तथा भूटान पाँच रजत तथा १३ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ । नेपालले सोमबार बक्सिङमा दुई तथा पौडी र जुडोमा एक–एक स्वर्ण पदक जितेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार