आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

जुडोकी पुनम श्रेष्ठले जितिन् स्वर्ण पदक

सोमबार, मंसिर २३ २०७६

काठमाडौँ । जारी १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालले अर्को स्वर्ण पदक जितेको छ । नेपालका लागि पुनम श्रेष्ठले जुडोलप ७८ केजी तौल समुहमा स्वर्ण पदक जितेकी हुन् । सोमबार पुनमले ७८ केजी तौल समूहमा बंगलादेशकी फरिना खनोमलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । यस सागमा जुडोमा नेपालले जितेको यो दोस्रो स्वर्ण हो । आइतबार देविका खड्काले जुडोतर्फ पहिलो स्वर्ण जितेकी थिइन् । त्यस्तै यससँगै जारी सागमा नेपालको स्वर्ण संख्या ४८ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार