शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

राष्ट्रिय निर्माण दिवसमा महासंघको प्रभातफेरि तथा रक्तदान कार्यक्रम

सोमबार, मंसिर २३ २०७६

काठमाडौं(जस)–नेपाल निर्माण व्यवसायी महासंघले १२ औं राष्ट्रिय निर्माण दिवस २०७६ को अवसरमा राजधानीमा आइतबार विहान प्रभात फेरि निकाल्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शुरु भएको प्रभात फेरि माइतीघर, बबरमहल हुँदै महासंघ सचिवालय अनामनगरसम्म पुगेको थियो । प्रभातफेरिको उद्घाटन महासंघका सल्लाहकार रमेश शर्माले गरेका थिए ।
प्रभातफेरिमा सहभागीहरुले “समृद्ध नेपाल, सुखी नेपाली–निर्माणबाट समृद्धि, पूर्वाधार निर्माण विकासको आधार, सार्वजनिक निर्माण सबैको सरोकार, श्रमीक र व्यवसायी निर्माण उद्योगका पर्यायवाची” लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए । सोही अवसरमा महासंघका सल्लाहकार शर्मा र अध्यक्ष रवि सिंहले संयुक्त रुपमा महासंघको मुखपत्र “निर्माण समाचार” को विमोचन गरे । १२ औं राष्ट्रिय निर्माण दिवसकै अवसरमा महासंघले आइतबार नै महासंघ सचिवालयमा गरेको रक्तदान कार्यक्रममा २६ जना दाताले रक्तदान गरेका छन् । रक्तदाताहरुलाई महासंघका अध्यक्ष रवि सिंह लगायतका पदाधिकारीहरुले प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए । महासंघले प्रत्येक वर्ष मंसिर २२ मा विविध कार्यक्रम गर्दै राष्ट्रिय निर्माण दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार