शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

बक्सिङमा भुपेन्द्र थापाले जिते स्वर्ण पदक

सोमबार, मंसिर २३ २०७६

काठमाडौँ । जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले बक्सिङमा दोस्रो स्वर्ण पदक जितेको छ ।

सोमबार भएको खेलमा ६४ केजी तौल समूहमा भुपेन्द्र थापाले स्वर्ण पदक जितेका हुन् । भूपेन्द्रले भारतीय खखेलाडी मनिष कौशिकलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।

यसअघि सोमबार नै बक्सिङमा मिनु गुरुङले पनि स्वर्ण जितेकी छन् । मिनुले ५४ केजी तैल समूहमा भारतीय खेलाडी शिखासालाई अंकका आधारमा पराजित गर्दै स्वर्ण जित्न सफल भएकी हुन् ।

यो सँगै यस सागमा नेपालको स्वर्ण पदकको संख्या ४७ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार