शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

सागमा नेपालले थप्यो दुई स्वर्ण, भारतको अग्रता कायमै

आइतबार, मंसिर २२ २०७६

काठमाडौं(जस)– जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले आइतबार थप २ स्वर्ण पदक जितेर कुल ४५ स्वर्ण पदक जितेको छ । यस अघि नेपालले सोमबार एकै दिन १५ वटा स्वर्ण जितेको थियो भने मंगलबार भएको खेलमा ८, बुधबार ६ स्वर्ण र विहिबार ७ पदक, शुक्रबार ५ स्वर्ण र शनिबार २ स्वर्ण पदक जितेको थियो ।
नेपालका लागि शनिबार पौडी र जुडोमा एक एक स्वर्ण पदक थपिएका हुन् । नेपालका लागि पौडीको ४ सय मिटर फ्रीस्ट्यालमा गौरिका सिंहले स्वर्ण पदक जितेकी हुन् । यो सँगै गौरिकाले यस सागमा तेस्रो स्वर्ण पदक जितेकी छन् । गौरिकाले ४ सय मिटर फ्रीस्टाइल ४ मिनेट २५.२८ सेकेन्डमा पार गरेर भारतीय खेलाडीलाई पछाडी पार्दै स्वर्ण पदक जितेकी हुन् । गौरिकाले आइतबार एक स्वर्ण र एक रजत पदक जितेर यस सागमा आफ्नो पदक संख्या ६ पुर्याएकी छन् । गौरिकाले अहिलेसम्म ३ स्वर्ण पदक जितेकी छन् भने २ रजत र एक काश्य पदक जितेकी छन् । त्यस्तै आइतबार जुडोकी देविका खड्काले महिला ५२ केजीमा स्वर्ण पदक जितेकी छन् । यस सागमा देविकाले जुडोमा जितेको यो पहिलो स्वर्ण हो ।
त्यस्तै पदक तालिकामा नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ काश्य पदकसहित कुल १६४ पदक जितेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारतले अहिलेसम्म १३१ स्वर्ण पदक, ७७ रजत र ४० काश्य पदक जितेर कुल २४८ पदकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै श्रीलंका ३४ स्वर्ण, ६६ रजत र ९३ काश्यसहित कुल १९३ पदक जितेर तेस्रो स्थानमा रहेको छ । त्यसै गरि पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित कुल १०५ पदक जितेर चौथो स्थानमा रहेको छ । त्यस्तै बंगलादेशले ८ स्वर्ण २८ रजत र ६६ कास्यसहित कुल १०२ पदक जितेर पाँचौ स्थानमा रहेको छ । त्यसै गरि माल्दिभ्सले एक स्वर्ण र २ कास्य जितेको छ भने भुटानले ९ कास्यपदक जितेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार