शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

पौडीमा गौरिका सिंहले जितिन् तेस्रो स्वर्ण

आइतबार, मंसिर २२ २०७६

काठमाडौं । जारी १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत नेपालले अर्को स्वर्ण पदक जितेको छ । नेपालले आइतबार पौडीतर्फ अर्को स्वर्ण पदक जितेको हो । पौडीको ४ सय मिटर फ्रीस्ट्यालमा गौरिका सिंहले स्वर्ण पदक जितेकी छन् । गौरिकाले यस सागमा तेस्रो स्वर्ण पदक जितेकी छन् । गौरिकाले ४ सय मिटर फ्रीस्टाइल ४ मिनेट २५.२८ सेकेन्डमा पार गरेर भारतीय खेलाडीलाई पछाडी पार्दै स्वर्ण पदक जितेकी हुन् ।

योसँगै गौरिका यस सागमा धेरै स्वर्ण जित्ने खेलाडी समेत बनेकी छन् । यो सँगै उनले यस सागमा तीन स्वर्ण जितेकी छन् । साथै उनले एक रजत र एक काश्य पदक समेत जितेकी छन् । साथै नेपालको यो जितपछि स्वर्ण पदकको संख्या ४४ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार