शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

साग क्रिकेट : बंगलादेश यू-२३ ले नेपाललाई दियो १५६ रनको लक्ष्य

शनिबार, मंसिर २१ २०७६

काठमाडौ । जारी १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गतको क्रिकेट खेलमा अहिले नेपालले बंगलादेशको यू-२३ टिमविरुद्ध खेलिरहेको छ । टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशको यू-२३ टिमले नेपाललाई १५६ रनको लक्ष्य दिएको छ ।

बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो । बंगलादेशका लागि नजमुल होस्सैन शान्तोले सर्वाधिक ७५ रन बनाए भने अफिफ होसैनले २८ बलमा ५२ रन बनाएका थिए । त्यस्तै यासिर अलीले १४ रन बनाएर आउट भए भने मोहमद नैम र सौम्य सरकारले ६-६ रन बनाएका थिए । त्यस्तै असिफ हसन शुन्यमा आउट भएका थिए ।

नेपाली बलर पुर्व कप्तान पारस खड्काले उत्कृष्ट बलिङको प्रदर्शन गर्दै ३ विकेट लिएका थिए । पारसले आफ्नो ४ ओभरको स्पेल पुरा गर्दै ३ महत्वपूर्ण विकेट लिएका थिए । पारसले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिएका हुन् ।

त्यस्तै नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने अविनाश बोहोराले एक विकेट लिएका छन् । पारसले बंगलादेशका मोहमद नैमलाई ६, सौम्य सरकारलाई ६ र सैफ हसनलाई शुन्य रनमा आउट गरेका थिए । नेपाल साग क्रिकेट अन्तर्गत लिग चरणको यो अन्तिम खेल खेलिरहेको छ । नेपालले यस अघि खेलेका ३ खेलमा २ खेलमा जित र एक हार बेहोरेको छ । लिग चरणमा शिर्ष दुई स्थानमा रहेका टिम स्वर्ण पदकका लागि खेल्ने छन् भने तेस्रो र चौथो हुने टिम रजत पदकका लागि खेल्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार