शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कुस्तीकी संगीता धामीले जितिन् स्वर्ण पदक

शनिबार, मंसिर २१ २०७६

जनकपुरधाम । जारी १३औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत नेपालले अर्को स्वर्ण पदक जितेको छ । नेपालले जनकपुरमा जारी कुस्तीको ५५ केजी तौल समुहमा संगीता धामीले स्वर्ण पदक जितेकी हुन् । संगीताले बंगलादेशकी सरकेर रिमलाई मात्र ५-१ अंकले पराजित गरेकी हुन् । यो सँगै नेपालले यस सागमा कुस्तीतर्फ पहिलो स्वर्ण जितेको छ भने सागमा कुल स्वर्ण संख्या ४३ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार