सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

साग महिला क्रिकेटमा नेपाललाई काश्य पदक, माल्दिभ्सले बनायो केवल ८ रन

शनिबार, मंसिर २१ २०७६

काठमाडौँ । जारी १३औं दक्षिण एशियाली खेलकुद (साग) को महिला क्रिकेटमा नेपालले माल्दिभ्समाथि कीर्तिमानी १० विकेटको जित हासिल गरेको छ । काश्य पदकका लागि भएको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको हो ।

माल्दिभ्सले दिएको केवल ९ रनको लक्ष्य नेपालले १.१ ओभरमा पुरा गरेको थियो ।

टस जितेर पहिला ब्याटिंग गरेको माल्दिभ्स ११.३ ओभर खेलेर अल आउट हुदै केवल ८ रन बनाएको थियो । जसमा ब्याटिंगबाट केवल एक रन बनेको थियो भने ७ रन अतिरिक्त रनको रुपमा पाएको थियो ।

माल्दिभ्सका १० खेलाडी शुन्य रन रहेको थियो भनेओपनर आइमा एइशाथले एक रन बनाएकी थिइन् ।

नेपाली बलर अन्जली चन्दले सर्वाधिक ४ विकेट लिएकी थिइन् भने सिता राना मागर र रुबिना बेलबासेले २-२ विकेट लिएका थिए । त्यस्तै सुमन खतिवडा र करुणा भण्डारीले एक एक विकेट लिएका थिए ।

माल्दिभ्स यसै प्रतियोगितामा यस अघि बंगलादेशसँग ६ रनमा अल आउट भएको थियो ।

योसँगै महिला क्रिकेटमा नेपालले काश्य पदक जितेको छ । महिला क्रिकेटमा आजै फाइनल खेल बंगलादेश र श्रीलंकाबीच हुदै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार