शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

तेक्वान्दोमा भुपेनले जिते स्वर्ण पदक

बिहिबार, मंसिर १९ २०७६

काठमाडौँ । जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले तेक्वान्दोमा अर्को स्वर्ण पदक जितेको छ । नेपाली तेक्वान्दो खेलाडी भुपेन श्रेष्ठले स्वर्ण पदक जिताएका छन् । पहिलो र दोस्रो राउण्ड निकै प्रतिस्पर्धात्मक भएतापनि श्रेष्ठले तेस्रो राउण्ड आफ्नो पक्षमा पार्न सफल भए । ८७ केजीमुनि प्रतिस्पर्धा गरेका भुपेनले भारतीय खेलाडी अक्षय होडलाई २९–२६ अंकले हराएर स्वर्ण पदक जित्न सफल भएका हुन् । जारी सागमा नेपालले तेक्वान्दोतर्फ जितेको यो १२औ स्वर्ण पदक हो । त्यस्तै नेपालले यस सागमा अहिलेसम्म ३४ स्वर्ण पदक जितेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार