शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

ब्याडमिण्टनको सेमीफाइनल समीकरण पूरा, नेपाल कास्यमा

बिहिबार, मंसिर १९ २०७६

चिप्लेढुङ्गा(जस)–पोखरा रङ्गशालामा जारी तेह्रौंँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा भएको ब्याडमिण्टन प्रतियोगितामा नेपाल कास्य पदकमा सीमत भएको छ । ब्याडमिण्टन कोर्टमा भएको सेमिफाइनलमा सिङ्गल, डबल्स र मिक्स डबल्सतर्फका सबै प्रतिस्पर्धा गुमाएपछि नेपाल कास्यमा सीमित भएको हो । बिहीबारको सेमिफाइनलमा पुरुष डबल्सतर्फ नेपालका प्रिन्स दाहाल र प्रफुल्ल महर्जनको जोडी श्रीलङ्काको डायस अङ्गोडा र बी थारिन्दुको जोडीसँग २१–११ र २१–१९ ले लगातार पराजित हुँदै सेमिफाइनलबाटै बाहिरियो । पुरुष सिङ्गलतर्फ नेपालका रत्नजित तामाङ भारतका आर्यमान टण्डनसँग २–१ को सेटमा पराजित भए । उन टण्डनसँग २१–१८, १४–२१ र २१–१८ ले पराजित भएका हुन् ।
महिला सिङ्गलतर्फ भारतकी अस्मिता चलिदा श्रीलङ्काकी अचिनी निमेसिका रत्नाश्रीलाई २१–५ र २१–७ ले लगातार पराजित गर्दै उपाधि नजीक पुगिन । सोही इभेण्टमा भारतकी गायत्री गोपीचन्दले श्रीलङ्काकी दिल्मी डायसलाई २१–१७ र २१–१४ ले लगातार पन्छाउँदै फाइनल यात्रा सुरक्षित गरिन । मिक्स डबल्सतर्फ नेपालका विकास श्रेष्ठ र अनुमाया राईको जोडी भारतका ध्रुव कपिला र मेघना जकम्पुदीको जोडीसँग २१–१४ र २१–१३ को सोझो सेटमा पराजित भए पनि काश्यमा सीमित भयो ।
महिला डबल्सतर्फ श्रीलङ्काका टी प्रमोदिका र के सिरिमाङ्गेको जोडीले भारतको मेघना जकमपुदी र सिक्की रेड्डीको जोडीलाई २१–१४ र २१–१८ ले लगातार पराजित ग¥यो । पुरुष सिङ्गलतर्फ भारतका श्रील वर्माले श्रीलङ्काका दिनुका निसान परेराला करुणारत्नेलाई २१–९ र २१–१२ ले लगातार पराजित गर्दै फाइनल भीडन्त पक्का गरे । पुरुष डबल्सतर्फ भारतका कृष्णप्रसाद गर्ग र ध्रुव कपिलाको जोडीले पाकिस्तानको मोहम्मद अतिक र रज्जा मोहम्मद हसिनको जोडीलाई २१–१५ र २१–७ ले लगातार पराजित गरेको छ । मिक्स डबल्सतर्फ श्रीलङ्काको अङ्गोडा र टी प्रमोदिकाको जोडीले बङ्गलादेशको मोहम्मद सलमान खान र उर्मी अख्तरको जोडीलाई २१–८ र २१–९ ले लगातार पराजित गर्दै फाइनल यात्रा तय ग¥यो । सोही इभेण्टको अर्को खेलमा श्रीलङ्काका रत्नाश्री कपुरु र यू को जोडीले भारतको कुहु गर्ग र अनुष्का परिखको जोडीलाई २१–१० र २१–१८ ले लगातार पराजित ग¥यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार