शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

नेपाल महिला फुटबलको फाइनलमा, साम्बाले बनाइन् नयाँ किर्तिमान

बिहिबार, मंसिर १९ २०७६

पोखरा । जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाल महिला फुटबलको फाइनलमा पुगेको छ । बिहीबार पोखरा रंगशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ३(० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । नेपालको जितमा सावित्रा भण्डारीको हृयाट्रिक गरेकी थिइन् । साम्बा उपनाम्ले चिनिने सावित्रीले यससँगै नेपालबाट अन्तर्रा्ष्ट्रिय फुटबलमा धेरै गोल गर्ने किर्तिमान आफ्नो नाममा लेखाएकी छन् । नेपालले खेलको १६औं मिनेटमा सावित्राको गोलबाट अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि नै सावित्राले नै नेपालको अग्रता दोब्बर पारिन् । त्यसपछि इन्जुरी टाइममा सावित्राले पेनाल्टीबाट गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेकी थिइन् । अब नेपालले स्वर्णका लागि भारतसँग खेल्नेछ ।
सावित्राको किर्तिमान
साम्बा उपनामले चिनिने सावित्रीले यससँगै नेपालबाट अन्तर्रा्ष्ट्रिय फुटबलमा धेरै गोल गर्ने किर्तिमान आफ्नो नाममा लेखाएकी छन् । सावित्राले आफ्नो गोल संख्या ३८ पुर्याएकी छन् । सावित्राले पुर्व कप्तान अनु लामाले राखेको ३५ गोलको सर्वा्धिक गोलको कीर्तिमान तोडेकी हुन् । सावित्राले यस अघि २०१४ मा साफ च्याम्पियनसिप, इस्लामावादमा १ गोल, २०१६ को सागमा २ गोल, साफ च्याम्पियनसिप २०१६ मा १२ गोल, ओलम्पिक छनोट पहिलो चरण २०१८ मा १ गोल, हिरो गोल्डकप २०१९ मा ४ गोल, साफ च्याम्पियनसिप २०१९ मा ४ गोल, ओलम्पिक छनोट, दोस्रो चरणमा २ गोल, नादेझ्दा कप २०१९ मा ७ गोल र मैत्रीपूर्ण खेलमा २ गोल गरेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार