शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

क्रस कन्ट्रीमा नेपालले जित्यो स्वर्ण

बिहिबार, मंसिर १९ २०७६

काठमाडौं । नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण पदक जितेको छ । काठमाडाैंको गोकर्णमा आज भएको खेलमा नेपालकी लक्ष्मी मगरले स्वर्ण पदक जितिन् । उनले क्रस कन्ट्रीको चार किलोमिटरमा स्वर्ण पदक हात जितेको हो । मगरले निर्धारित दूरी १ मिनेट २०.२० सेकेण्ड समय लगाउँदै पूरा गरिन् ।

साइक्लिङमा नेपालले यससँगै तेस्रो स्वर्णपदक जितेको छ । बुधबार भएको साइक्लिङको डाउनहिल स्पर्धामा नेपालका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्णपदक जितेका थिए । त्यस्तै सोही विधामा नेपालकी उषा खनालले रजत पदक जिते। उनले १ मिनेट ३५.५२ सेकेण्डमा खेल पूरा गरे । भारतकी प्रनिता प्रफुल सोमनले कास्य पदक हात पारे । उनले निर्धारित दूरी १ मिनेट ३६.२९ सेकेण्डमा पूरा गरे । यससँगै १३औँ सागमा नेपालले ३१ स्वर्ण पदक जितिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार