काठमाडौं । जारी १३औं दक्षिण एसियाली खेलकद (साग) प्रतियोगिताअन्तर्गत तेक्वान्दोसहित उसु, क्रिकेट, एथलेटिक्स, आर्चरी, स्विमिङ, बास्केटबल, गल्फ साइक्लिङ, टेबुल टेनिसका खेलहरु हुदै छन् ।
अहिलेसम्म नेपालले २९ स्वर्ण जितेर पदक तालिकामा दोस्रो स्थानमा रहेको छ ।
आज तेक्वान्दोका ६ स्वर्ण पदकको निर्णय हुदै छ भने उसुतर्फका फाइनल खेलहरू पनि आज हुँदैछन् ।
त्यस्तै नेपाली क्रिकेट टिमले आज भुटानविरुद्ध खेल्दै छ । नेपाल पहिलो खेलमा श्रीलंकासँग पराजित भएर पहिलो जितको खोजीमा रहेको छ ।
यस्तै स्विमिङ, आर्चरी र बास्केटबलका खेल आजदेखि सुरु हुँदैछन् भने एथ्लेटिक्स, गल्फ, साइक्लिङ, कबड्बी, ह्यान्डबल, टेबल टेनिसका खेलहरूले आज पनि निरन्तरता पाउनेछन् ।
साइक्लिङमा आज १००० अनवार्ड र १३०० अनवार्ड्स च्याम्पियनसिप हुदै छ ।
त्यस्तै ब्याडमिन्टनमा आज सेमिफाइनलका खेलहरु हुदै छन् । त्यस्तै एथलेटिक्सतर्फ आज ८ स्वर्ण पदकको छिनोफानो हुदै छ । जसमा महिला र पुरुषतर्फ ८०० मिटर, २०० मिटर, डिसकस र लंग जम्पका खेलहरु हुदै छन् ।
फुटबलका खेलहरू पनि आज हुनेछन् । पुरुष फुटबलमा आज भुटान र माल्दिभ्स तथा श्रीलंका र बंगलादेश खेल्दै छन् । त्यस्तै महिला फुटबलमा भारत र श्रीलंका तथा नेपाल र माल्दिभ्स खेल्दै छन् ।