शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सागमा नेपालको अग्रता कायमै, २९ स्वर्णका साथ नेपाल शीर्षस्थानमा

बिहिबार, मंसिर १९ २०७६

काठमाडौं(जस)–जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले बुधबार थप ६ स्वर्ण पदक जितेर कुल २९ स्वर्ण पदक जितेको छ । सोमबार एकै दिन १५ वटा स्वर्ण जितेको नेपालले मंगलबार भएको खेलमा ८ स्वर्ण जितेको थियो भने बुधबार थप ६ स्वर्ण पदक जितेको हो । नेपालले बुधबार साकिलिङमा २ स्वर्ण पदक जित्यो भने तेक्वान्दोबाट पनि थप दुई स्वर्ण पदक जित्यो । त्यस्तै उसु र कराँतेबाट बुधबार थप एक एक स्वर्ण जितेर स्वर्णको संख्या २९ पुर्याएको छ ।
नेपाललाई साइक्लिङको डाउनहिलतर्फ पुरुषतर्फ राजेश मगर र महिलामा निश्मा श्रेष्ठले स्वर्ण पदक जिताएका हुन् । दक्षिण एशियाली खेलकूदको साइक्लिङमा नेपालले पहिलोपटक स्वण पदक जितेको हो । त्यस्तै तेक्वान्दोमा सक्षम कार्की र संगीता बस्यालले नेपाललाई स्वर्ण पदक जिताएकी छन् । त्यसति कराँतेमा अनुपम मगर र उसुमा दीपक हमालले एक एक स्वर्ण पदक जिते ।
नेपालले अहिलेसम्म कराँतेतर्फ १० स्वर्ण पदक जितेको छ भने तेक्वान्दोतर्फ ११ स्वर्ण पदक जितेको छ । त्यस्तै नेपालले उसुतर्फ ३, ट्रायथलन र साइक्लिङमा २–२ स्वर्ण र एथलेटिक्समा एक स्वर्ण जितेको छ । योसंगै अहिलेसम्म नेपालको स्वर्ण पदक संख्या २९ पुगेको छ । त्यस्तै रजत पदक संख्या १५ र काश्य पदक २३ गरि कुल ६७ पदक जितेर शिर्ष स्थानमा रहेको छ । त्यस्तै भारतले २६ स्वर्ण २० रजत र १३ काश्य गरि कुल ५९ पदक जितेको छ । त्यस्तै पाकिस्तानले ९ स्वर्ण, १७ रजत र १५ काश्यसहित ४१ पदक जितेको छ ।
त्यस्तै श्रीलंकाले ८ स्वर्ण २१ रजत र ३७ कास्य गरि कुल ६६ पदक जितेको छ भने बंगलादेशले ४ स्वर्ण, ७ रजत र २५ काश्य गरि कुल ३६ पदक जितेको छ । त्यस्तै माल्दिभ्सले साग खेलको इतिहासमा नै पहिलो पटक सय मित्र दौडमा स्वर्ण पटक जितेर इतिहास बनाएको छ । माल्दिभ्सले एक स्वर्ण र २ काश्य पदक जितेको छ भने भुटानले अहिलेसम्म ३ काश्य पदक जितेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार