शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

इन्फिनिटी लघुवित्तको मिसकल बैकिङ्ग सेवा

बुधबार, मंसिर १८ २०७६

काठमाडौं(जस)– इन्फििनिटी लघुवित्त वित्तीय संस्था लि.ले समय सापेक्ष ग्राहक सदस्यहरुलाई नवीनतम प्रबृद्धिको प्रयोग मार्फत मिसकल बैकिङ्ग सेवा उपलब्ध गराउने भएको छ । सो सम्बन्धमा संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामा र इन्फोडेभलर्स प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत उमेश रघुबंशीबीच सम्झौता इन्फोडेभलपर्स प्रा. लि. जावलाखेलमा सम्पन्न भएको छ ।
उक्त मिसकल बैकिङ्ग सेवा नेपालको लघुवित्त क्षेत्रमा पहिलो भएको र ग्रामीण क्षेत्रमा बसोबास गरिरहेका विपन्न वर्गको लािग नवप्रवर्तनकारी रहेको जानकारी गराए । मिसकल बैकिङ्ग सेवामार्फत .ग्राहक सदस्यहरुले आफ्नो घरमा नै बसी मोबाइल रिचार्ज, बचत तथा कर्जाको बारेमा जानकारी लिन सकिने जानकारी गराएका थिए । त्यसै गरी ग्राहक सदस्यहरुले आफ्नो बचत र कर्जाको मिसकल गरेर जानकारी पाउने हुँदा लघुवित्त कोराबारलाई थप पारदर्शी, विश्वसनीय, व्यवस्थित बनाउन काशेढुङ्गा सावित हुने बताए ।
उक्त अवसरमा संस्थाले हाल २६ जिल्लामा ४७ वटा शाखा कार्यालयमार्फत २९ हजारभन्दा बढी सदस्यहरूलाई रू. १ अर्व ६९ करोडभन्दाबढी लघुकर्जा प्रवाह गरेको र रू. ५७ करोडभन्दा बढी निक्षेप जम्मा गरी लघुबित्तमा तथा सुरक्षण र विप्रेषण लगायतका लघुवित्त वित्तीय सेवाहरू प्रदान गर्दे आइरहेको जानकारी दिए । संस्थाले विपन्न वर्गको उत्थानको लागि आगामी दिनमा थप ग्राहकमैत्री प्रबिधि, वित्तीय साक्षरता, स्वास्थ्य शिविर लगायतको नवप्रवर्तकारी सेवा तथा कार्यक्रम विस्तार गर्ने लक्ष्य लिइएको व्यहोरा समेत जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार