शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

लण्डनको पटनीमा पनि खाेल्याे होलीकाउ समूहले नेपाली रेष्टुरेन्ट

बुधबार, मंसिर १८ २०७६

लण्डनको पटनीमा होली काउ समूहले पहिलो सिट इन रेस्टुराँ संचालनमा ल्याएकाे छ । होली काउ समुहले यस अघी आठवटा टेकवे रेष्टुरेन्ट संचालन गरीसकेको र टेकवेको उल्लेखनिय सफलता प्राप्त भएपछि पहिलो पटक खानपान सहितको होली काउ रेस्टुराँ सञ्चालनमा ल्याइएको हो । बेलायतमा बसोबास गर्ने नेपाली मुलका एक सफल व्यवसायी तथा गैर आवासीय नेपाली संघका निवर्तमान केन्द्रिय उपाध्यक्ष कुल आचार्यले लन्डनको पटनीमा आफ्नो नयाँ रेस्टुराँ संचालनमा ल्याएका हो ।

बीबीसीका भूतपूर्व कार्यक्रम प्रस्तोता तथा सेलीब्रिटी सेफ एन्स्ले ह्यारियटले रेस्टुराँको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै ह्यारियटले भने- गएको झन्डै २० वर्ष देखि आफुले आचार्यलाइ डाइनामीक मान्छेकाेरूपमा चिनेको र नयाँ पुस्ताले कडा मेहनत र लक्षप्रति समर्पित भएमा कसरि सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरा आचार्यबाट सिक्नु पर्ने बताए ।

उद्घाटन समारोहलाइ सम्बोधन गर्दै होली काउ समूहका निर्देशक कुल आचार्यले २० वर्ष पहिले बेलायत आएपछि आफुले किचन पोर्टर, तन्दुरी सेफ र सेफ हुँदै २००६ मा होली काउ नाम राखी पहिलो टेक अवे खोलेको बताए । आचार्यले आफ्ना सबै ग्राहकहरु, सप्लायरहरु, सहयोगीहरु, स्टाफ तथा परिवारजनलाई पनि धन्यवाद दिए । आउंदो वर्ष नेपाल सरकारको भिजिट नेपाल २०२० मनाउन लागेको बताउँदै सबै ब्रिटिश मित्रहरुलाई नेपालको भ्रमण गर्न आग्रह पनि गरे । आचार्यकी सुपुत्री कृतिका आचार्यले नृत्य प्रश्तुत गरेर शुरू गरेकाे सो कार्यक्रम होली काउ समूहकी पायल मिश्रले संचालन गरेकी थिइन । कार्यक्रममा स्थानीय ब्रिटिश समुदायका प्रतिनिधिहरु, व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया
सम्बन्धित समाचार