काठमाडौँ(जस)–तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत साइक्लिङमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । गोर्कणस्थित शहीद पार्कमा बुधबार भएको डाउनहिलको पुरुषतर्फ राजेश मगर र महिलामा निश्मा श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । सोही स्पर्धामा पुरुषतर्फ नेपालका निरभ श्रेष्ठले रजत पदक जिते भने महिलातर्फ नेपालकी जमुना थापाले रजतपदक हात पारे । दक्षिण एशियाली खेलकूदको साइक्लिङमा नेपालले पहिलोपटक स्वर्ण पदक जितेको हो ।