शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

खो खोमा नेपाललाई रजत

बुधबार, मंसिर १८ २०७६

काठमाडौँ(जस)–तेस्रो पटक नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत बुधबार भएको खो खोमा नेपालको महिला टोलीले रजत पदक जितेको छ । कीर्तिपुरस्थित नयाँ बजारको कभर्डहलमा भएको फाइनल खेलमा भारतसँग नेपाल १७–५ ले पराजित हँुदै रजत पदक जितेको हो । नेपाल पहिलो इनिङमा १६–३ ले पछि परेको थियो । महिला खो खोमा नेपालले जितेको सबैभन्दा ठूलो पदक नै यही हो । लिग कम नकआउटका आधारमा भएको प्रतियोगितामा नेपाल समूह एको विजेताका रुपमा फाइनलमा पुगेको थियो । नेपालले श्रीलङ्कालाई पराजित गर्दै फाइनमा पुगेको हो । सोही स्पर्धामा बङ्गलादेशले कास्य पदक जित्यो । त्यस्तै पुरुषतर्फको खो खोमा भने नेपालले कास्य पदक जितेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार