स्पेन / स्पेन अधिराज्यको लागि नेपाली नवनियुक्त महामहिम राजदूत दावा फुटि शेर्पाकाे समुपस्थितिमा नेपाली दुतावासद्वारा अयाेजित परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम १ डिसेम्बर २०१९ आईतबार नेपाली दुतावासकाे कार्यालय म्याड्रिडमा भब्य सम्पन्न भयो।
कार्यक्रममा युराेप उप संयाेजक मुक्त बहादुर गुरुङ्ग, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य सुनिल रानाभाट, एनआरएनए स्पेनका पदाधिकारी तथा सदस्यज्यूहरु, क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्यहरु,नेपाली संघसंस्थाहरुका प्रतिनिधिरु लगायत नेपाली समुदायको उल्लेखीय उपस्थिति रहेको थियो।
कार्यक्रममा महामहिम राजदूतलाई नेपाली समुदायद्वारा खादा तथा पुष्पगुच्छा दिएर भब्य स्वागत गरिएको थियो। दूतावासको कामलाई सहजिकरण गर्न र नेपाल भ्रमण बर्ष २०२० सफल बनाउनकाे लागि विविध महत्त्वपूर्ण विषयमा अाबश्यक छलफल पछि राजदूतबाट पर्यटन प्रर्बद्धन कक्ष तथा एनअारएनए हेल्प डेक्स हस्तान्तरण गर्नुभएको थियो जसमा स्पेनबासी नेपालीको तर्फबाट संघका अध्यक्ष दिनेश गुरुङ्ले हस्ताक्षर गर्नुभएको थियो।
राजदूतले कार्यक्रममा स्पेनवासी नेपालीहरुलाई सम्बाेधन गर्दै नेपाली जनसमुदायप्रतिको सकारात्मक सोच र योजनाहरुले आँफू एकदम हर्षित भएको भन्दै राजदूतवासको हरेक योजना र कार्यहरुमा स्पेनवासी नेपालीहरुलाई साथ र सहयोगको लागि आह्वान गर्नुभएको थियो।
यस कार्यक्रमको एनआरएनए स्पेन ह्रिदयदेखि उच्च प्रशंसा गर्दै थप साथ, सहयोग र समर्थनको लागि अपेक्षा गर्दछ साथै दूतावासका हरेक याेजना र कार्यक्रममा सङ्घले हातेमालो गर्दै नेपाली समुदायको समस्याहरु समाधानमा सारथी बन्ने गैर आवासीय नेपाली संघ स्पेनका प्रवक्ता सुन्दर रानाभाटले बताउनुभयो ।