शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

ह्यामिल्टन टेस्ट : न्यूजील्याण्ड–इङ्ल्यान्ड खेल बराबर

मंगलबार, मंसिर १७ २०७६

ह्यामिल्टन, वर्षाले प्रभावित इङल््याण्ड विरुद्धको दोस्रो तथा अन्तिम टेस्ट बराबरीमा समाप्त भएको छ । पहिलो टेस्टमा न्यूजिल्याण्ड विजयी भएका कारण शृङ्खला भने न्यूजील्याण्डले १–० ले जितेको छ । न्यूजिल्याण्डले चौथो दिन दुई विकेटको क्षतिमा ९६ रन बनाएको थियो, तर पाँचौं दिन वर्षाका कारण पूरै दिन खेल हुन नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो ।
अन्तिम दिन न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले १०४ र रस टेलरले १०५ रन बनाए । रस टेलरले शतक प्रहार गरेसँगै न्यूजिल्याण्डका तर्फबाट सात हजार रन बनाउने उनी दोस्रो खेलाडी बन्न सफल भए । न्यूजिल्याण्डका बलर निल वाग्नरले दुबै खेलमा पाँच–पाँच विकेट लिएका कारण प्लेयर अफ द सिरिज घोषित भए ।

प्रतिक्रिया
सम्बन्धित समाचार