शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

स्कल क्लबद्धारा नेपाललाई सन् २०२० का लागि ‘स्कल डेस्टिनेसन अफ द एयर–२०२०’ घोषणा

मंगलबार, मंसिर १७ २०७६

काठमाडौं । पर्यटन क्षेत्रमा कहलिएका र नेतृत्वदायी भूमिकामा रहेका व्यवसायीहरूको संस्था स्कल क्लबले नेपाललाई सन् २०२० का लागि उत्कृष्ट गन्तव्य मुलुक (स्कल डेस्टिनेसन अफ द एयर २०२०) घोषणा गरेको छ ।
संसारका ९० मुलुकमा फैलिएको तथा विश्वभर १५ हजार सदस्य भएको यो संस्थाको घोषणाले भ्रमण वर्ष २०२० लाई थप मद्दत पुग्ने जनाउँदै काठमाडौंस्थित स्कल क्लब अफ नेपालले शुक्रबारदेखि काठमाडौंबाट चितवन, पोखरा हुदै काठमाडौंसम्मकालागि तीन दिने कार र्‍याली आयोजना गर्ने भएको छ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै स्कल क्लब अफ नेपालका अध्यक्ष प्रविनबहादुर पाण्डेले नेपाललाई स्कल इन्टरनेसनलले पहिलो नम्बरको गन्तव्यको सूचीमा राख्नुले विश्वभर नेपालको प्रचारमा थप मद्दत पुग्ने बताए। उनले नेपाल भम्रण वर्षबारे जागरण गर्ने र स्थानीय पर्यटन व्यवसायीसँग अर्न्तक्रिया गर्ने र्लीको उद्धेश्य रहेको बताए । र्यालीमा काठमाडौंबाट ३५ जना पर्यटन, एयरलाइन्स, होटल, टुर एण्ड ट्राभल व्यवसायी आफै गाडी चलाएर सहभागी हुँदै छन्।

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार