शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

तेक्वान्दोमा नेपाललाई थप दुई स्वर्ण

सोमबार, मंसिर १६ २०७६

काठमाडौँ (जस)–काठमाडौँमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत तेक्वान्दोमा नेपालकी पार्वती गुरुङले स्वर्ण पदक हात पारेकी छन् । सातदोबाटोमा भएको खेलमा पार्वतीले २३ देखि २९ वर्ष उमेर समूहको पुम्सेको महिला एकलतर्फको विधामा श्रीलङ्काका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । यस स्पर्धामा श्रीलङ्काले रजत र भारतले कास्य जित्यो ।
आयशाले जितिन् स्वर्ण
सागअन्तर्गत तेक्वान्दोमा नेपालकी आयशा शाक्यले २९ वर्षमाथिको पुम्सेमा स्वर्ण पदक जितेकी छन् । आयशाले ७.९४० स्कोर जोड्दै स्वर्ण पदक जितेकी हुन् । सोही स्पर्धामा भारतकी खेलाडी दोस्रो भइन भने श्रीलङ्काका खेलाडीले कास्य पदकमा चित्त बुझाए । यससँगै सागमा नेपालको स्वर्ण पदक नौ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार