काठमाडौँ (जस)–तेस्रो पटक नेपालले आयोजना गरेको १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत तेक्वान्दो खेलमा कमल श्रेष्ठले स्वर्ण पदक हात पारेका छन् । पुम्सेको २३ देखि २९ वर्षको उमेर समूहको स्पर्धामा उनले भारतका राहुल जैनलाई पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । कमलले ८.२७० अङ्क ल्याउँदै स्वर्ण जितेका हुन् । पराजित भारतका राहुलले ८.२०० अङ्क ल्याएका थिए । सोही स्पर्धामा श्रीलङकाका निसाशङ्कासे आसिङ्गेले कास्य पदक हात पारे । उहाँले ८.०६० अङ्क प्राप्त गरेका थिए । त्यसअघि कृष्णबहादुर तामाङले तेक्वान्दोको १७ देखि २३ वर्ष उमेर समूहमा रजत पदक हात पारे । उनले श्रीलङ्काको रौनुका प्रभातसँग पराजित हुर्दै रजत पदकमा चित्त बुझाएका थिए ।