शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

नेपालको लागी पहिलो स्वर्ण पदक मन्डे काजीले दिलाए

सोमबार, मंसिर १६ २०७६

काठमाडौं – १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत करातेको पुरुषतर्फको एकल काँतामा नेपालका मन्डे काजीले स्वर्ण पदक जितेका छन् । आइतबारबाट सुरु भएको कराते प्रतियोगितामा उनले पुरुषतर्फ २५.७२ स्कोर गर्दै पदक जित्न सफल भएका हुन् । उनले पाकिस्तानका नियामातुल्लाहलाई फाइनलमा हराएका हुन् । पहिलो चरणमा उनले सर्वाधिक २४ अंक हासिल गर्दै फाइनलमा स्थान बनाएका थिए ।पहिलो चरणमा नै श्रीलंकाका सौनतारारासाले २१.१८, पाकिस्तानका नियामातुल्लाहले २३.६८ र बंगलादेशका मोहम्मद हसनले २२.८ स्कोर ल्याएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार