शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एनआरएनए रुपान्तरणबारे उपाध्यक्ष केसीसँग बेल्जियमबासीको बहस, भयो यस्तो छलफल

आइतबार, मंसिर १५ २०७६

बेल्जियम / एनआरएनए बेल्जियमको अगुवाईमा एनआरएनए रुपान्तरणबारे उपाध्यक्ष बद्रि केसीसँग बेल्जियमबासिको बहस तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ शनिबार एनआरएनए बेल्जियमका अध्यक्ष चित्र सुवेदीको अध्यक्षतामा सोही संस्थाका केन्द्रिय उपाध्यक्ष केसीलाई एक औपचारिक समारोहका बीच सम्मान समेत गरिएको छ । अन्तरक्रियात्मक स्वरुप दिइएको सम्मान कार्यक्रममा एनआरएनएको रुपान्तरण कसरी सम्भव छ भन्नेबारे बहस भएको थियो । बहसको सञ्चालन गर्दै एनआरएनए बेल्जियमका महासचिब तिर्थ धमलाले प्रतिक्रिया र जिज्ञासा राख्न उपस्थित बेल्जियमबासी एनआरएनहरूलाई आग्रह गरेका थिए ।

छलफलमा उठेका प्रतिक्रियाबारे कार्यक्रमका प्रमुख वक्ता डा.केसीले संगठनको तर्फबाट आफ्ना धारणा राखेका थिए । एनआरएनएले अहिलेसम्म गरेका लगानी, परोपकारी कार्य र नेपालको पर्यटन प्रवर्धन लगायतका क्षेत्रमा गरेका प्रयासहरूलाई प्रचार गर्नुपर्ने केसीले बताए । उनले सेवामुलक लगानी, उत्थानउन्मुख च्यारिटी र पहिचानउन्मुख समृद्धिले संस्थागत रुपान्तरणमा ठूलो भूमिका खेलेको बताए । गैरआवासीय नेपाली संघको निक्षेपमा बनिसकेका र बन्दै गरेका विभिन्न प्रोजेक्टहरूमा जोडिन चाहनेहरूले त्यसको विश्वसनियताको आधार हेरेर मात्र लगानी गर्नुपर्ने केसीले कार्यक्रममा बताए ।

कार्यक्रमका अर्का विशिष्ट अतिथि वक्ता एनआरएनएका केन्द्रिय सहकोषाध्यक्ष लोक दाहालले रसियाबाट बेल्जियम आएका केन्द्रिय उपाध्यक्षलाई सम्मान गर्दै संस्थामा हुर्किंदै गरेका अराजकता, अनुसासनहीनता, अपारदर्शिता र बेथितिहरूको विरुद्ध नीतिहरूलाई ब्यवस्थित गर्दै कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता रहेको बताए । संस्थागत लक्ष्यहरू प्राप्तिको लागि सो अनुकुल विधान र कार्यशैलीको रुपान्तरण आवश्यक रहेको दाहालले बताए ।

उनले सबै एनआरएनलाई आफ्ना कुराहरू पारदर्शी बनाउँदै संस्थागत हितका निश्कर्षहरू छलफलमा ल्याउन अनुरोध समेत गरे । अन्तरक्रिया कार्यक्रममा एनआरएनएका निवर्तमान अन्तर्राष्ट्रिय महिला संयोजक रजनी प्रधान, निवर्तमान युरोप संयोजक शिव बरुवाल, संस्थापक अध्यक्ष रविन्द्रमान श्रेष्ठ, बेल्जियमकी निवर्तमान महिला संयोजक हरि भट्टराई, पत्रकार ओम शर्मा, उपाध्यक्ष खड्क केसी, कोषाध्यक्ष प्रकाश गिरिलगायत अभियन्ताहरुले एनआरएनएका बारेमा आ आफ्ना भनाईहरु राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार