बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

उपनिर्वाचन अपडेट : चितवनको खैरहनीका दुवै वडामा नेपाली कांग्रेस विजयी

आइतबार, मंसिर १५ २०७६

चितवन । चितवनको खैरहनी नगरपालिकामा भएको उप निर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ ।

खैरहनी नगरपालिकामा वडा नम्बर ४ र ५ मा रिक्त रहेको वडा अध्यक्ष पदको लागि निर्वाचन भएको थियो ।

केहिबेर अघि समपन्न मतगणना अनुसार वडा नम्बर ५ मा प्रतिमा कार्की बस्नेत र वडा नम्बर ४ मा देबबहादुर बस्नेत वीजयी भएका हुन् ।

वडा नम्बर ५ मा नेपाली कांग्रेसकी प्रतिमा कार्की बस्नेतले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन् ।

कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन् । त्यस्तै खैरहनी ४ मा नेपाली कांग्रेका देबबहादुर बस्नेतले नेकपाका बेदबहादुर अधिकारीलाई १५३ मत अन्तरले पराजित गरे ।

बस्नेतले ११ सय ३८ र अधिकारीले ९ सय ८६ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार