बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

उपनिर्वाचन अपडेट : भक्तपुर क्षेत्र नं १ ‘क’ मा कांग्रेस अगाडि

आइतबार, मंसिर १५ २०७६

भक्तपुर । भक्तपुर क्षेत्र नं १ क मा रिक्त रहेको प्रदेश सभा सदस्य पदका लागि शनिबार भएको उपनिर्वाचनकाे मतगणना जारी छ ।

शनिबार साँझ पाँच बजे सम्पन्न भएको साे निर्वाचनमा कूल ४५ हजार १५ जना मतदाता रहेकोमा ३२ हजार ३७ जनाले मतदान गरेका थिए । प्रतिशतमा ७० दशमलव १६ प्रतिशत मत खसेको निर्वाचन आयोगको कार्यालयका सूचना अधिकारी भीम बिसीले जानकारी दिए ।

मतगणनामा कांग्रेस अगाडि रहेकाे देखिन्छ । आज बिहान ६ बजे सम्मको चागुनारायण नगरपालिका वडा नं १/२/३/४/५ को मतगणना परिणामअनुसार सूर्य चिन्हले ५ हजार ६३१ मत पाउँदा रुखमा भने ८ हजार १०१ मत खसेकाे छ । त्यसैगरी मादलमा १ हजार ९५३, गाईमा २७९, तराजुमा २३६ र हँसिया हथौडामा १४ तथा हातमा १५ मत खसेकाे छ ।

मतगणनाकाे फाइनल परिणाम आउन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार