काठमाडौं (जस)–नेपाली गीत संगीतको बजारमा अर्को एक मेलोडियस आधुनिक गीत थपिएको छ ‘म रोएको पल…’ । मायाप्रेममा आउने उतारचढावलाई गीतको कथाको माध्यमबाट प्रस्तुत गरिएको गीत साँच्चिकै मार्मिक रहेको छ । मन मिल्दा संगै बाँच्ने र मर्ने कसम खाएका प्रेमीहरु मन नमिले पछि कसरी बदलिन्छन् भन्ने यथार्थ चित्रण गीतले गरेको छ ।
यस गीतमा डीपी दाहाल ‘परिश्रमी’को गीत रचना, राजेश कैदीको संगीत र सुमन केसीको स्वर रहेको छ । एक पछि अर्को मिठा गीतहरु पस्किरहेका गीतकार परिश्रमीले यस गीतमा पनि गहिरा शब्दहरु चयन गरेका छन् । गीत संगीत क्षेत्रमा निरन्तरता दिईरहेका यी तिनै गीतकार, संगीतकार र गायकको मेहनतले गीतलाई उचाई प्रदान गरेको छ ।
गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । म्युजिक भिडियो पनि त्यतिकै राम्रो बनेको छ । नेपाली चलचित्र क्षेत्रका सफल नृत्य निर्देशक कमल राईको निर्देशन रहेको यस भिडियोलाई चलचित्र क्षेत्रमा सफल छायांकार शिब ढकालले खिचेका छन् । भिडियोमा चलचित्र लभ यु हमेशामा हिरो हिरोईनको रुपमा अभिनय गरेका कलाकार यशराज, फिजा योन्जन, नयाँ प्रस्तुति सुदीप भट्टराईलगायतका कलाकारहरुले यस अभिनय गरेका छन् । गीतमा नरम भाषामा तिखो प्रहार पनि रहेको छ ।
म हासेको पल तिमीलाई दुखे पनि गर्दिन कुनै गुनासो…तिम्रो मर्जी गीतका शब्दहरुमा यस्तो शिलशीला जोडिएको पाईन्छ । बिगतको यात्राको फिक्री नगर आउदो जात्राको दिन गन्ती गर छोडी जानु थियो सायद टाढा भयौ बिन्ती अब मेरो सामु पर्दै नपर सम्हाल्न सक्छु आफैलाई तिमी बिना अब जे जे गर्छौ गर.. तिम्रो मर्जी
गीतमा तिम्रो मर्जीले गीतका भाबहरुलाई सन्तुलित बनाएको पाईन्छ । गीतका भावहरु निकै मार्मिक रहेका छन् । यस गीतलाई युटुबमा डीपी दाहाल परिश्रमीको एकाउन्टमा हेर्न सकिन्छ । यस गीतको अडियो तथा भिडियोलाई डिलाईटेड म्युजिकले उत्पादन तथा बिक्री बितरण गरेको छ ।